एमालेले बुझेन काठमाडौँ महानगरको पत्र

हिमाल प्रेस ९ मंसिर २०८१ १५:४५
22
SHARES
एमालेले बुझेन काठमाडौँ महानगरको पत्र

काठमाडौँ- यही शुक्रबार काठमाडौँ महानगरपालिका-१ दरबारमार्गमा फोहोर गरेको भन्दै तोकिएको जरिबाना नतिरेपछि महानगरको टोली एमाले कार्यालयमै पुगेको छ। भ्यानसहित पुगेको महानगरीय प्रहरीको टोलीले आइतबार दिउँसो एमालेको च्यासलस्थित केन्द्रीय कार्यालयमा एक लाख रुपैँया जरिबानाबारेको पत्र बुझाउन खोजेको थियो। तर एमाले केन्द्रीय कार्यालयमा रहेका प्रतिनिधिहरूले पत्र बुझ्न अस्वीकार गरे।

एमालेले शुक्रबार साँझ दरबारमार्गस्थित खुल्ला सडकमा जागरण सभा गर्ने क्रममा सडक र पेटीमा जथाभावी फोहरमैला गरेर नउठाएको भन्दै महानगरले एक लाख रुपैयाँ जरिबाना गराउने निर्णय गरेको थियो।

फोहर उत्पादकको व्यवाथापकीय जिम्मेवारी पूरा नगरेकोले फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिमको जरिबाना नतिरलेपछि दोस्रो पत्र लिएर महानगरपालिकाका प्रतिनिधिहरू एमाले कार्यालयबाट फर्किएका हुन्।

एमालेले सरकारलाई चौतर्फी घेराबन्दी भएको भन्दै दरबारमार्गमा जागरण सभा गरेको थियो। सुरुमा भृकुटीमण्डपमा गरिने भनिएको सभास्थल अन्तिम समयमा सारेर दरबारमार्ग लगिएको थियो। तर एमाले महासचिव शंकर पोखरेलले कार्यक्रम समापनछि कार्यकर्ता र स्वयम्सेवकहरूले फोहोर उठाइरहेका बेला महानगरका मेयर बालेन्द्र शाहले योजनावद्ध रुपमा जरिबानाको पत्र सार्वजनिक गरेको आरोप लगाएका थिए।

उनले फोहोर उठाउने काम भइरहेका बेला मेयर साहले नियतवश एमालेविरुद्ध लागेर जरिबाना गराएको बताएका थिए। केही महिनायता प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच शीत युद्ध चलेको छ।

सर्वोच्च अदालतले नदीको थप २० मिटर छाड्ने गरी दिएको आदेश कार्यान्वयन गर्न काठमाडौं महानगरपालिका निस्किँदा ओलीले बालेनको उक्त कदमलाई केटाकेटीपनको संज्ञा दिएका थिए।

प्रकाशित: ९ मंसिर २०८१ १५:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast