ढुंगानाको निधनमा कांग्रेसले पार्टी कार्यालयमा झन्डा आधा झुकाउने

हिमाल प्रेस ३ मंसिर २०८१ १२:३४ | Monday, November 18, 2024
ढुंगानाको निधनमा कांग्रेसले पार्टी कार्यालयमा झन्डा आधा झुकाउने कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर।

काठमाडौँ– नेपाली कांग्रेसले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनले देशलाई ठूलो क्षति भएको बताएको छ। आज बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले पार्टी कार्यालयमा झन्डा आधा झुकाउने निर्णय पनि गरेको छ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार मंसिर ३ र ४ गते पार्टी कार्यालयमा झन्डा आधा झुकाउने निर्णय पनि बैठकले गरेको छ। साथै मंसिर ४ गते केन्द्रीय कार्यालय बन्द गर्ने निर्णय भएको पौडेलको भनाइ छ।

स्वर्गारोहणको १३ औं दिनमा केन्द्रमा शोक सभाको आयोजना गर्ने पनि निर्णय पनि कांग्रेसले गरेको छ। ढुंगानाको हिजो आइतबार निधन भएको हो।

प्रकाशित: ३ मंसिर २०८१ १२:३४ | Monday, November 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast