रवि लामिछाने। फाइल तस्बिर
काठमाडौँ- रास्वपा सभापति रवि लामिछानेसहित २२ जना विरुद्ध काठमाडौँ जिल्ला अदालतले पनि पक्राउ पुर्जी जारी गरेको छ। काठमाडौँ–१४ स्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको छानबिनका क्रममा उनीहरूविरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो।
सो सहकारीको रकम पनि गोर्खा मिडियो नेटवर्कमा गएको पाइएपछि रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित २२ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ।
अहिले रवि र छवि कास्की प्रहरीको हिरासतमा छन्।
प्रकाशित: २ मंसिर २०८१ १९:३८ | Sunday, November 17, 2024
प्रतिक्रिया



