शीर्ष करदाताहरू सम्मानित

हिमाल प्रेस १ मंसिर २०८१ १५:४९ | Saturday, November 16, 2024
शीर्ष करदाताहरू सम्मानित

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी लिमिटेड निकायहरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीको रूपमा सम्मानित भएको छ। सरकारले राष्ट्रिय कर दिवसको अवसरमा दूरसञ्चार कम्पनीलाई सम्मान गरेको हो।

राष्ट्रिय कर दिवसका अवसरमा क्षेत्रगत रूपमा धेरै कर बुझाउने करदाताहरूलाई सरकारले सम्मान गर्दै आएको छ।

आर्थिक वर्ष २०७९/८० को आय विवरणअनुसार निकायतर्फ नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले सबैभन्दा बढी कर बुझाएको हो।

त्यस्तै एकलौटी फर्महरूमध्ये श्रुती ट्रेडर्स, वस्तु निर्यातको कारोबार गर्ने मध्येतर्फ डाबर नेपाल प्रालि, सूचना प्रविधिसम्बन्धी सेवा निर्यातको कारोबार गर्नेतर्फ कोडावतार टेक प्रालि र कृषि एवं पशुपन्छीजन्य उद्योगतर्फ पतञ्चली आयुर्वेद प्रालिले सबैभन्दा बढी कर दाखिला गरेको छ।

यो आर्थिक वर्षमा बैंक, वित्तीय संस्था र बीमाको कारोबार गर्ने मध्ये सबैभन्दा कर बुझाउने नबिल बैंकलाई सम्मान गरिएको छ। स्वास्थ्य र शैक्षिक संस्थाहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल सम्मानित हुँदा पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी होटल लिमिटेडले सम्मान प्राप्त गरेको छ।

त्यस्तै वस्तु व्यापारको कारोबार गर्नेतर्फ भाटभटेनी सुपर मार्केट एन्ड डिर्पाटमेन्टल स्टोर प्रालि, वार्षिक कारोबार रकम रू. ५० करोडभन्दा बढी रू. सय करोडसम्म गर्ने करदाताहरूमध्ये सीडीएस एनड क्लियिरिङ लिमिटेड सम्मानित भएको छ।

हेर्नुहोस् सम्मानित हुने करदाताहरूको सूची

प्रकाशित: १ मंसिर २०८१ १५:४९ | Saturday, November 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast