अहिलेको गठबन्धन टुट्दैन : देउवा

हिमाल प्रेस ३० कार्तिक २०८१ २०:३० | Friday, November 15, 2024
अहिलेको गठबन्धन टुट्दैन : देउवा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धन नटुट्ने बताएका छन्।

नेपाल प्रेस युनियन डडेल्धुराले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले यस्तो बताएका हुन्।

उनले मुलुकको राजनीतिक परिस्थितिलाई मध्यनजर गरी गठबन्धन भएकाले अहिलेकै गठबन्धनले २०८४ को चुनाव गराउने प्रस्ट पारे।

अस्थिरता बढ्दै गएपछि कांग्रेस–एमालेको गठबन्धन सरकारले मात्रै स्थायित्व दिनसक्ने निष्कर्षसहित दुई ठूला दल मिलेको उनको भनाइ थियो।

देउवाले दुई दलबीच भएको सहमतिअनुसार आवश्यकता पर्ने गरी संविधान संशोधन हुने जिकिर गरे। उनले सबै दलको सहमतिमा संविधान संशोधन हुने उल्लेख गरे।
पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले सहकारीपीडितहरूको रकम तत्काल फिर्ता गराउने गरी पहल भइरहेको जानकारी दिए।

कांग्रेस सभापति देउवा विगत एक सातादेखि गृहजिल्ला डडेल्धुरामा छन्। उनी कार्यकर्ता भेटघाट तथा धार्मिक कार्यक्रमहरूमा व्यवस्त छन्।

प्रकाशित: ३० कार्तिक २०८१ २०:३० | Friday, November 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast