रवि लामिछाने
पोखरा- बुटवलको सुप्रिम सहकारीको रकम ठगी अभियोगमा अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई रुपन्देहीकाे भैरहवाबाट पोखरा ल्याइएको छ।
गत मंगलबार उक्त अभियोगमा बयानका लागि सभापति लामिछानेलाई कास्कीबाट बुद्ध एयरको विमानबाट भैरहवा लगिएको थियो।
लामिछानेलाई आज १ बजे यति एयरको विमानबाट पोखरा ल्याइएको कास्की प्रहरीले जनाएको छ।
लामिछानेसँग सहकारीको रकम ठगी प्रकरणमा मंगलबार, बुधबार र बिहीबार गरी साढे २३ घण्टा बयान लिइएको जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका न्यायाधिवक्ता प्रेमराज पौडेलले जानकारी दिए।
प्रकाशित: ३० कार्तिक २०८१ १४:११ | Friday, November 15, 2024
प्रतिक्रिया



