विद्युत् निर्यातबाट आर्थिक समृद्धिमा योगदान पुग्छ : अध्यक्ष दाहाल

हिमाल प्रेस ३० कार्तिक २०८१ १३:५३
14
SHARES
विद्युत् निर्यातबाट आर्थिक समृद्धिमा योगदान पुग्छ : अध्यक्ष दाहाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विद्युत् निर्यात बढ्दै जाँदा मुलुकको आर्थिक समृद्धिमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

पहिलोपटक नेपालबाट बंगलादेशमा विद्युत् निर्यात हुन थालेको खबरले हर्षित भएको उल्लेख गर्दै अध्यक्ष दाहालले अघिल्लो जेठमा प्रधानमन्त्रीका रुपमा भएको आफ्नो भारत भ्रमणका क्रममा नेपालबाट बंगलादेशमा विद्युत् निर्यात गर्नका लागि भारत सरकार सहमत भएको बताए।

नेपाल विद्युत् प्राधिकरणले आज ४० मेगावाट बिजुली बंगलादेश निर्यात गरेको छ। विद्युत् व्यापारको इतिहासमा नेपालको बिजुली भारतपछि अर्को देश पुग्न लागेको हो।

भारतको केन्द्रीय विद्युत् नियमन आयोगले नेपालको बिजुली बंगलादेश निर्यात गर्न अनुमति दिएपछि शुक्रबार प्राधिकरणले विद्युत् निर्यात गरेको हो। विद्युत् व्यापार गर्ने विषयमा गत असोज १७ गते नेपाल, भारत र बंगलादेशका उच्च अधिकारीबीच त्रिपक्षीय सम्झौता भएको थियो।

सम्झौतामा नेपालका तर्फबाट प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हस्ताक्षर गरेका थिए। सम्झौताअनुसार हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ तारिखसम्म विद्युत् बंगलादेश निर्यात गरिनेछ।

प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय लाइनमार्फत भारतीय प्रणालीमा बिजुली उपलब्ध गराउनेछ। सो बिजुली भारतीय नोडल एजेन्सी एनभिभीएनले आफ्नो प्रसारण प्रणालीमार्फत बंगलादेश पुर्‍याउनेछ।

प्रकाशित: ३० कार्तिक २०८१ १३:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast