प्रतिनिधिमूलक तस्बिर
दार्चुला- दार्चुलामा जिप दुर्घटना हुँदा ७ जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने अन्य ६ जना गम्भीर घाइते भएका छन्।
दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी–५ का १५ वर्षीय सञ्जीव बोहरा र भारतको उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र सोही जिल्लाका १८ वर्षीय मोहमद बसिमको मृत्यु भएको हो।
एक जनाको परिचय खुलेको छैन। मालिकार्जुनबाट गोकुलेश्वरतर्फ आइरहेको म १ ज ३३८ नम्बरको जिप आज बिहान झन्डै ४ बजे बकजेबलामा दुर्घटना भएको थियो।
प्रकाशित: ३० कार्तिक २०८१ ८:१२ | Friday, November 15, 2024
प्रतिक्रिया




