सांसदहरू मन्त्री बन्ने प्रक्रियाले भ्रष्टाचार बढायो : प्रचण्ड

हिमाल प्रेस २५ कार्तिक २०८१ ११:४३
14
SHARES
सांसदहरू मन्त्री बन्ने प्रक्रियाले भ्रष्टाचार बढायो  : प्रचण्ड

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले बिचौलियाको काम गरिरहेको आरोप लगाएका छन्।

आइतबार बिहान मकवनपुरको थाहा नगरपालिकामा प्रेस सेन्टर मकवानपुरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो आरोप लगाएका हुन्।

सरकारको १०० दिनको कामले यसको पुष्टि गरेको दाबी उनको थियो। उनले सरकारको काम गराइले जनतामा आक्रोश बढेको पनि बताए।

‘सरकार संविधान संशोधन गरेर जनताले प्राप्त गरेका उपलब्धी उल्टाउने षड्यन्त्रमा लागेको छ,’ प्रचण्डले भने, ‘भ्रष्टाचार नियन्त्रणको लागि चुनावी प्रणालीमा सुधार आवश्यक छ। सांसद हुनुका लागि निकै ठूलो धनराशी खर्च गर्नुपर्ने, सांसद भएपछि मन्त्री बन्नैपर्ने र खर्च उठाउनैपर्ने मान्यताका कारण सुशासन कायम हुन सकेको छैन।’

संघीयता, समावेशिताको वास्तविक कार्यान्वयनका लागि संविधानको रक्षा गर्नुपर्नेमा उनले जोड दिए।

प्रकाशित: २५ कार्तिक २०८१ ११:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast