 कांग्रेस केन्द्रीय कार्यालय
                             कांग्रेस केन्द्रीय कार्यालय
                                            काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनसम्पर्क समिति समन्वय विभागमा सदस्यहरू मनोनयन गरेका छन्।
सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ को धारा २५ (९) बमोजिम विभागमा २८ सदस्यहरूको मनोनयन गरेका हुन्।
किरणराज शर्मा पौडेल प्रमुख रहने गरी विभागमा सदस्यहरू मनोनयन गरिएको कांग्रेसले जनाएको छ। नेपाली मनोनयनमा पर्नेहरूमा नरेन्द्रबहादुर भाट, डडेल्धुरा, दिलबहादुर गुरुङ, मनाङ, पूर्णबहादुर हमाल, बागलुङ, पेमा नीमा शेर्पा, ओखलढुंगा, नारायण सुवेदी, चितवन, कृष्ण गिरी जगन्नाथ, झापा, नारायण खरेल, काठमाडौँ रहेका छन्।
त्यस्तै गिरीराज कुँवर, चितवन, कुलप्रसाद गुरुङ, कास्की, हिक्मत थापा, कैलाली, राजु रेग्मी राज, बागलुङ, शालिकराम डुम्रे, स्याङ्जा, सीता अर्याल, धादिङ, सुनिता जीसी कुँवर, गुल्मी, पुरुषोत्तम खनाल, काठमाडौँ, गोविन्द परियार, तनहुँ, शिवकुमार यादव, धनुषा, प्रकाश अधिकारी, काठमाडौँ, ऋषि शर्मा, सुर्खेत , मोहन गुरुङ, पर्वत, इन्द्रकमल बुढाथोकी, चितवन, जगदीश पौडेल, स्याङ्जा, कृष्णप्रसाद अधिकारी, अर्घाखाँची, राजु केसी, रुकुम, ईश्वरीप्रसाद जोशी, कञ्चनपुर, डा.अविरल निधि, धनुषा डा.मनोर दिन सैयद, स्याङ्जा र कृष्ण पौडेल, रुपन्देही रहेका छन्।


 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
 