काठमाडौँ- लक्ष्मी पूजाको दिन बिहीबार पसलमा आगलागी हुँदा चार लाख रुपैयाँ बराबरको क्षति भएको छ।
काठमाडौँ महानगरपालिका-८ स्थित राम मन्दिर क्षेत्रमा रहेको सौभाग्य विक्रम शाहको घरमा सञ्चालन गरिएको चटपटे र किराना पसलमा आगलागी भएको हो।
बिजुलीको तार सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ।
आगलागीबाट चार लाख बढीका क्षति भएको प्रहरी वृत्त गौशालाले जनाएको छ। आगलागीबाट कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।
प्रकाशित: १६ कार्तिक २०८१ ८:४१
प्रतिक्रिया