मन्टेसरीको नियमन गर्दै शिक्षा मन्त्रालय

हिमाल प्रेस १२ कार्तिक २०८१ ११:४५ | Monday, October 28, 2024
मन्टेसरीको नियमन गर्दै शिक्षा मन्त्रालय

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्टेसरीको नियमन गर्ने भएको छ।

शिक्षामन्त्री विद्या भट्टराईले आफ्नो एक सय दिनको उपलब्धि सार्वजनिक गर्दै मन्टेसरीको नाममा भइरहेका कानुन विपरीतका कार्यहरू नियमन गर्न लागिएको जानकारी दिइन्।

निजी लगानीमा खोलिएका मन्टेसरीमा प्ले ग्रुप, नर्सरी, एलकेजी, युकेजी कक्षाका नाममा व्यापारिकरण गरेका छन्। सामुदायिक विद्यालयमा यी कक्षा एक वर्षको मात्र हुन्छ।

मन्टेसरीलाई नियमन गर्ने भनेर सुझाव कार्यदल पनि गठन भइसकेको मन्त्री भट्टराईले जानकारी दिइन्।

मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्माको संयोजकत्वमा कार्यदल गठन गरेको छ। अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५, राष्ट्रिय पाठ्यक्रम प्रारूप, शिक्षा नीति २०७६ मा मन्टेसरी एक वर्षको मात्रै हुने व्यवस्था छ।

शिक्षामन्त्रीको उपलब्धि

प्रकाशित: १२ कार्तिक २०८१ ११:४५ | Monday, October 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast