नासाको ‘स्पेसएक्स क्रु–८’ पृथ्वीमा फर्कियो

हिमाल प्रेस १० कार्तिक २०८१ १८:५३ | Saturday, October 26, 2024
नासाको ‘स्पेसएक्स क्रु–८’ पृथ्वीमा फर्कियो

काठमाडौँ– अमेरिकी नेशनल एरोनटिक्स एन्ड स्पेस एड्मिनिस्ट्रेसन (नासा) को स्पेसएक्स क्रु–८ अन्तरिक्ष यात्रीहरू अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा सात महिनाको वैज्ञानिक अभियान पूरा गरेर शुक्रबार पृथ्वीमा फर्किएका छन्।

चालक दल बोकेको स्पेसएक्स ड्रयागन अन्तरिक्ष यान शुक्रबार अमेरिकी समयअनुसार बिहान ३ः२९ मा अमेरिकी राज्य फ्लोरिडाको पेन्साकोला तटमा अवतरण गरेको हो।

चार सदस्यीय चालक दलमा नासाका अन्तरिक्ष यात्री म्याथ्यू डोमिनिक, माइकल ब्यारेट, जेनेट एप्सका साथै रोस्कोसमस अन्तरिक्ष यात्री अलेक्ज्याण्डर ग्रेबेन्किन रहेका छन्।

यो मिसन नासाको स्पेसएक्ससँग आईएसएसमा आठौं व्यावसायिक ‘क्रु रोटेशन मिशन’ हो।-रासस

प्रकाशित: १० कार्तिक २०८१ १८:५३ | Saturday, October 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast