माइक्रोबस दुर्घटनामा ११ जना घाइते

हिमाल प्रेस ९ कार्तिक २०८१ १५:५३ | Friday, October 25, 2024
माइक्रोबस दुर्घटनामा ११ जना घाइते दुर्घटनाग्रस्त माइक्रो । तस्बिर : मुग्लिन बजार फेसबुक

मलेखु (धादिङ)- काठमाडौँबाट गोरखाको मनकामनातर्फ जाँदै गरेको माइक्रोबस धादिङमा दुर्घटना हुँदा चालकसहित ११ जना घाइते भएका छन्।

पारिवारिक भ्रमणमा निस्कएका यात्रु बोकेको बागमती प्रदेश ०१–०३०–च ७६५९ नम्बरको विद्युतीय माइक्रोबस धादिङको थाक्रे गाउँपालिका–६ स्थित १० किलो भन्ने ठाउँमा दुर्घटनामा परेको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ।

घाइते सबैको महादेवबँेसी अस्पतालमा उपचार भइरहेको छ। उनीहरु एउटै परिवारको रहेको बताइएको छ। दुर्घटनाको कारण तथा यात्रुको ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ।

प्रकाशित: ९ कार्तिक २०८१ १५:५३ | Friday, October 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast