सुर्खेतमा एसएमएल गाडी दुर्घटना हुदाँ १ जनाको मृत्यु, ६ जना घाइते

हिमाल प्रेस ८ कार्तिक २०८१ १३:४३
28
SHARES
सुर्खेतमा एसएमएल गाडी दुर्घटना हुदाँ १ जनाको मृत्यु, ६ जना घाइते

सुर्खेत- कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एसएमएल गाडी दुर्घटना भएको छ। जुम्लाबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको कर्णली प्रदेश ०२२१ ख १०१४ नम्बरको एसएमएल गाडी बराहताल गाउँपालिका-८ को हुड्केमा बिहीबार बिहान दुर्घटना भएको हो।

दुर्घटनामा परी दैलेखको ठाटीकाँध गाउँपालिका-४ का ३५ वर्षीय दीपक शाहीको मृत्यु भएको छ। उनी अहिले वीरेन्द्रनगर नगरपालिका-१, मा बस्दै आएका थिए। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माका अनुसार गम्भीर घाइते भएका उनलाई कर्णाली केयर अस्पताल सुर्खेतमा पुर्‍याइएको थियो।

अस्पतालले उनलाई मृत घोषणा गरिदिएको छ। यस्तै गाडी दुर्घटनामा ६ जना घाइते भएको उनले बताए। अन्य घाइतेहरूको कर्णाली केयर अस्पतालमा उपचार भइरहेको छ। २९ जना यात्रु सवार उक्त गाडी अनियन्त्रित भएर सडक छेउमा दुर्घटना भएको विश्वकर्माले जानकारी दिए।

प्रकाशित: ८ कार्तिक २०८१ १३:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =