म्याद थपका लागि रवि र छवि दुवैलाई अदालत पुर्‍याइयो

हिमाल प्रेस ८ कार्तिक २०८१ ११:४६
26
SHARES
म्याद थपका लागि रवि र छवि दुवैलाई अदालत पुर्‍याइयो

पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई अदालत उपस्थित गराइएको छ। ढिलो गर्दा भीडसँगै प्रदर्शन चर्किने भएकाले कार्यालय खुलेलगत्तै उनीसहित गोर्खा मिडियाका पूर्व संचालक एवं पूर्व डिआईजी छविलाल जोशीलाई सँगै अदालत लगिएको हो।

सहकारी ठगी तथा संगठित अपराध मुद्दामा उनीहरू दुवैलाई म्याद थपका लागि अदालत उपस्थित गराइएको हो। जोशीमाथि एक महिनादेखि अनुसन्धान भइरहँदा पूर्व उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई भने गत शुक्रबार पक्राउ गरिएको हो।

लामिछानेलाई अनुसन्धानका लागि आइतबार पहिलोपल्ट ६ दिनको म्याद थप गरिएको थियो। ५ दिनदेखि प्रहरी हिरासतमा रहेका लामिछानेको जिल्ला सरकारी वकिल कार्यालय समक्ष मंगलबार र बुधबार बयान भएको छ। लामिछानेलाई गराउने भएपछि पोखरामा सुरक्षा व्यवस्था कडा पारिएको छ। कास्की जिल्ला अदालत रहेको सहिदचोक परिसरसहित आसपासका क्षेत्रमा विभिन्न घेरामा बाक्लोरुपमा प्रहरी तैनाथ छन्।

पोखराको सहिदचोक, मुस्ताङचोक, ड्याससाइड, बैदाम क्षेत्रबाट सवारीसाधन प्रवेशमा रोक लगाइएको छ। पैदलयात्रीलाई समेत कहाँ जान लागेको भनी ? केरकार गरिएको छ। रास्वपाका कार्यकर्ता तथा रवि समर्थितले रत्नचोकका विरोध प्रदर्शन गरिरहेका छन्।

प्रकाशित: ८ कार्तिक २०८१ ११:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + ten =