एमाले निकट युवा संघले गर्दैछ एआई सम्मेलन

हिमाल प्रेस ७ कार्तिक २०८१ ७:५१ | Wednesday, October 23, 2024
एमाले निकट युवा संघले गर्दैछ एआई सम्मेलन

काठमाडौँ- नेकपा एमाले निकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले ११ र १२ कात्तिकमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) सम्मेलन गर्ने भएको छ।

सम्मेलनको प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन्। विश्व बजारमा अहिले भइरहेको ‘आर्टिफिसियल इन्टेलिजेन्स’को विकास र उपयोगबारे नेपाली समाजमा जानकारी दिने उद्देश्यले सम्मेलन गर्न लागिएको युवा संघले जनाएको छ।

सम्मेलनको तयारी बैठकका क्रममा युवा संघका अध्यक्ष क्षितिज थेबेले सूचना प्रविधिको वर्तमान युग अब ‘आर्टिफिसियल इन्टेलिजेन्स’मा पुगिसकेको बताउँदै यसबाट नेपाली समाजमा पर्न सक्ने प्रभाव र लिन सक्नुपर्ने लाभबारे सम्मेलन केन्द्रित हुने बताए।

सम्मेलनबाट राष्ट्रिय एआई रणनीति विकास, नैतिक एआई प्रयोगको प्रवर्द्धन, एआई अनुसन्धान तथा विकासमा सार्वजनिक(निजी साझेदारीको प्रवर्द्धन, एआई शिक्षा र कार्यबल विकासलाई सुदृढ बनाउने र समावेशी एआई नीति सुनिश्चित गर्ने उद्देश्य राखिएको छ।

सम्मेलनमा १००० जना सहभागी हुने र ५०० जना युवा संघले सिफारिस गरेका प्रतिनिधि रहनेछन्। बाँकी ५०० जना भने इच्छुक युवाले फारम भरेर आवेदन दिन सक्ने युवा संघका प्रवक्ता निरोज पौडेलले जानकारी दिए।

प्रकाशित: ७ कार्तिक २०८१ ७:५१ | Wednesday, October 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast