 
                             
                                            काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जुम्ला पुगेका छन्। उनले सिंजा कनकासुन्दरीको गोरुचौरमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्न जुम्ला पुगेका हुन्।
प्रचण्डले खस भाषा र सभ्यताको केन्द्र सिंजा कनकासुन्दरीको अवलोकन तथा जनसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रचण्डको सचिवालयले जनाएको छ। त्यसअघि अध्यक्ष प्रचण्डले मुगु रारा क्षेत्रको पनि अवलोकन गरेका छन्।
                            प्रकाशित: ५ कार्तिक  २०८१ ११:२९ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 