रवि लामिछाने पक्राउ

हिमाल प्रेस २ कार्तिक २०८१ १९:०३ | Friday, October 18, 2024
रवि लामिछाने पक्राउ

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई उनको पार्टी मुख्यालय बनस्थलीबाट सीआईबीको टोलीले पक्राउ गरेको हो। सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएसँगै उनी पक्राउ परेका हुन्।

सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्धा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ।

पूर्वडीआईजी छविलाल जोशी, राई र लामिछानेले सञ्चालन गरेको गोर्खा मिडिया नेटवर्कमा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिको निष्कर्ष छ। लामिछाने गोर्खा मिडियाका निर्देशक थिए। गोर्खा मिडियामा आएको रकम लामिछानेले खर्च गरेका हुन्। रकम अपचलनमा संलग्न आरोपमा पूर्व डीआईजी छविलाल जोशी असोज ६ मा पक्राउ परेका थिए।

पोखरा जानुअघि रविले भने : सरकार ढाल्ने बेलामा नै मलाई जेल कोच्ने सहमति गरेका थिए

रवि भन्छन् : मलाई जेल हाल्ने, रास्वपा लडाउने षडयन्त्र भइरहेको छ

रवि लामिछानेलाई आजै पोखरा लगिने, भोलि रास्वपाले शक्ति प्रदर्शन गर्ने

रविलाई पक्राउ गर्न प्रहरी पुग्यो घन्टी घर

सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो!

रविको आक्रोश : ‘सुरूवात तिमीहरूले गर्‍याै, अन्त्य हामीले गर्नेछौँ’

रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी

प्रकाशित: २ कार्तिक २०८१ १९:०३ | Friday, October 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast