काठमाडौँमा एक व्यक्तिको हत्या, तीनजना पक्राउ

हिमाल प्रेस ३० असोज २०८१ १२:३२ | Wednesday, October 16, 2024
काठमाडौँमा एक व्यक्तिको हत्या, तीनजना पक्राउ

काठमाडौँ- काठमाडौँमा एक पुरुषको हत्या भएको छ। गोकर्णेश्वर नगरपालिका-६स्थित नयाँबस्ती लसलाइट स्कुलनजिकै एक पुरुषको कुटपिटबाट हत्या भएको हो। मंगलबार दिउँसो ३:१५ बजेतिर कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने ४३ वर्षीय होमबहादुर फौजामगरमाथि कुटपिट भएको र उपचारको क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ।

उनको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। होमबहादुर नयाँबस्तीमा अचेत अवस्थामा फेला परेका थिए। उनलाई तत्कालै प्रहरी वृत्त बौद्धको टोलीले नारायणटारस्थित शंखरापुर अस्पतालमा पुर्‍याएको थियो।

उपचारको क्रममा उनलाई चिकित्सकले साढे ३ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए। घटनामा संलग्न तीन जनालाई पनि प्रहरीले मंगलबार राति नै पक्राउ गरेको प्रहरीको भनाइ छ।

पक्राउ पर्नेमा पाँचथर घर भई कपन बस्ने ३८ वर्षीय अमृत मगर, सिन्धुपाल्चोकका ३५ वर्षीय भुवन श्रेष्ठ र इलाम घर भई नयाँ बस्ती बस्ने २७ वर्षीया बिमला भट्टराई छन्। उनीहरूमाथि प्रहरी वृत्त बौद्धले अनुसन्धान अघि बढाएको बताइएको छ।

प्रकाशित: ३० असोज २०८१ १२:३२ | Wednesday, October 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast