पाकिस्तान क्रिकेटका पूर्वकप्तान बाबर पहिलोपटक टिमबाट बाहिर

हिमाल प्रेस २७ असोज २०८१ १७:३१ | Sunday, October 13, 2024
पाकिस्तान क्रिकेटका पूर्वकप्तान बाबर पहिलोपटक टिमबाट बाहिर

काठमाडौँ- पाकिस्तान क्रिकेट बोर्डले इंग्ल्यान्डसँग जारी टेस्ट श्रृंखलाकै बीचमा नयाँ टिमको घोषणा गरेको छ। तीन म्याचको श्रृंखलाअन्तर्गतको पहिलो खेलमा हार बेहोरेको पाकिस्तान टिमको घोषणा भएको हो।

घोषणा भएको टिममा पाकिस्तानका पूर्वकप्तान बाबर आजमले स्थान पाएका छन्। केही दिनअघि मात्र कप्तानी नगर्ने निर्णय गरेका आजम टिमबाट बाहिरिएका हुन्।

बाबर अन्तर्राष्ट्रिय क्रिकेट जीवनमा पहिलोपटक फर्मका कारण टिमबाट बाहिरिएका छन्। बाबरका साथै तीव्र गतिका बलर शाहीन शाह अफरिदी, नसीम शाह र विकेट किपर ब्याटर सरफराज अहमद पनि टिमबाट बाहिरिएका छन्।

मुल्तानमा भएको पहिलो टेस्टमा इंग्ल्यान्डले पाकिस्तानले एक इनिङ र ४७ रनको अन्तरले पराजित गरेको थियो। पहिलो इनिङमा साढे पाँच सयबढी रन बनाएर टेस्ट म्याच हार्ने पाकिस्तान पहिलो राष्ट्र बनेपछि चर्को आलोचना भएको थियो।

यसअघि बंगलादेशसँग दुई टेस्ट म्याचको श्रृंखलामा पाकिस्तान ‘ह्वाइट वास’ भएको थियो। पुराना र अनुभवी खेलाडीहरूको खराब प्रदर्शनका कारण आफ्नै घरेलु मैदानमा एकपछि अर्को हारको सामना गर्न थालेपछि चयन समितिमाथि खेलाडी परिवर्तन गर्न दाबाब बढिरहेको थियो।

पाकिस्तान टिमका चयनकर्ताले पुराना खेलाडीलाई बाहिर गर्दै युवा खेलाडीहरूलाई मौका दिएका छन्।

प्रकाशित: २७ असोज २०८१ १७:३१ | Sunday, October 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast