काठमाडौँ– बाबर अजाम पुनः पाकिस्तानी टोलीका कप्तानमा नियुक्त भएका छन् ।
पाकिस्तान क्रिकेट बोर्डले वेस्ट इन्डिज र इङ्ल्यान्डविरुद्धको टेस्ट शृङ्खलाका लागि घोषित टिममा बाबरलाई कप्तानीको जिम्मेवारी दिएको हो । दुवै टेस्ट शृङ्खला आइसिसी विश्व टेस्ट च्याम्पियनसिप अन्तर्गतको रहेका छन् ।
बाबरले शान मसुदको स्थान लिएका हुन् । पाकिस्तानले जुलाई २५ देखि क्यारिबियनमा हुने दुई टेस्ट तथा अगस्ट १९ देखि इङ्ल्यान्डमा हुने तीन टेस्टको शृङ्खलामा खेल्नेछ ।
पाकिस्तान हाल विश्व टेस्ट च्याम्पियनसिपको अंक तालिकामा नवौं स्थानमा रहेको छ ।
प्रकाशित: २१ असार २०८३ १३:२७ | Sunday, July 5, 2026
प्रतिक्रिया




