नोएल बने टाटा समूहको प्रमुख

हिमाल प्रेस २५ असोज २०८१ १५:४४ | Friday, October 11, 2024
नोएल बने टाटा समूहको प्रमुख

काठमाडौँ – नोएल टाटा टाटा ट्रस्टका नयाँ अध्यक्ष नियुक्त भएका छन्। शुक्रबार मुम्बईमा बसेको एक बैठकले नोएललाई टाटा ट्रस्टको अध्यक्ष बनाउने निर्णय गरेको हो।

सबैको सहमतिबाट नोएललाई टाटा ट्रस्टको अध्यक्ष बनाउने निर्णय भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। उनलाई टाटा समूहको सबैभन्दा महत्वपूर्ण सर रतन टाटा ट्रस्ट र सर दोराबजी टाटा ट्रस्टको प्रमुख नियुक्त गरिएको हो।

यसअघि नोएल यी ट्रस्टहरूमा सदस्यका रूपमा सामेल थिए। रतन टाटाले टाटा ट्रस्ट बनाउन महत्वपूर्ण भूमिका वहन गरेका थिए। टाटा समूहको होल्डिङ कम्पनी टाटा सन्समा टाटा ट्रस्टको ठूलो हिस्सा रहेको छ। यसमा ट्रस्टको करिब ६६ प्रतिशत साझेदारी रहेको बताइएको छ। टाटा ट्रस्टअन्तर्गत नै टाटा समूह सञ्चालन हुने गरेको छ। यो ट्रस्ट परोपकारी पहल र शासनका लागि काम गर्ने गरेको छ।

ससेक्स विश्वविद्यालय बेलायतबाट अध्ययन गरेको नोएल रतन टाटाका सौतेला भाइ हुन्। उनी रणनीतिक कौशल र समूहको दीर्घकालीन योजनाप्रति प्रतिबद्ध ठानिन्छन्।

नोएललाई सर दोराबजी टाटा ट्रस्टको ११ औँ र सर रतन टाटा ट्रस्टको छैठौँ प्रमुखको रूपमा चयन गरिएको हो।

प्रसिद्ध उद्योगपति रतन टाटाको बुधबार राति मुम्बईको एक अस्पतालमा ८६ वर्षको उमेरमा निधन भएको थियो। उनी टाटा समूहका प्रमुख थिए। उनको निधनपछि लगभग ३४ लाख करोड भारतीय रूपैयाँ सम्पत्ति रहेको टाटा समूहको नेतृत्व कसले गर्ने भन्ने चर्चा सुरू भएको थियो।

प्रकाशित: २५ असोज २०८१ १५:४४ | Friday, October 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast