भ्रातृ संस्थाको महाधिवेशन सम्पन्न गर्न देउवाले बनाए केन्द्रीय निर्देशन समिति

हिमाल प्रेस १६ असोज २०८१ १७:१९
20
SHARES
भ्रातृ संस्थाको महाधिवेशन सम्पन्न गर्न देउवाले बनाए केन्द्रीय निर्देशन समिति कांग्रेस सभापति शेरबहादुर देउवा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका भातृ संस्थाहरूको अधिवेशन सम्पन्न गर्न ‘महाधिवेशन केन्द्रीय निर्देशन समिति’ गठन गरेका छन्।

नेपाल महिला संघ, नेपाल तरूण दल र नेपाल विद्यार्थी संघ (नेविसंघ) को महाधिवेशन सम्पन्न गर्न सभापति देउवाले केन्द्रीय निर्देशन समिति गठन गरेका हुन्।

तीनवटै भातृ संस्थाको महाधिवेशन आगामी चैत मसान्तसम्म अनिवार्य रूपमा सम्पन्न गराउन विद्यमान तदर्थ समितिलाई समन्वय र सहयोग पु¥याई आवश्यक निर्देशन गर्न सभापति देउवाल निर्देशन समिति गठन गरेको कार्यवाहक मुख्य सचिव डा.प्रदीप पराजुलीले जानकारी दिए।

यस्ता छन् निर्देशन समिति :

नेपाल महिला संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति
१. सहमहामन्त्री श्री उमाकान्त चौधरी — संयोजक
२. केन्द्रीय सदस्य श्री पुष्पा भुसाल — सदस्य
३. केन्द्रीय सदस्य श्री रुक्मिणी कोइराला — सदस्य
नेपाल तरुण दल महाधिवेशन केन्द्रीय निर्देशन समिति
१. सहमहामन्त्री श्री महालक्ष्मी उपाध्याय ‘डिना’ — संयोजक
२. केन्द्रीय सदस्य श्री सरिता प्रसाई — सदस्य
३. केन्द्रीय सदस्य श्री जीतजंग बस्नेत — सदस्य
नेपाल विद्यार्थी संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति
१. सहमहामन्त्री श्री किशोर सिंह राठौर — संयोजक
२. केन्द्रीय सदस्य श्री राजिव ढुंगाना — सदस्य
३. केन्द्रीय सदस्य श्री प्रतिमा गौतम — सदस्य
प्रकाशित: १६ असोज २०८१ १७:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − eight =