बाढीपहिरोमा १७ अर्बबराबरको क्षति

हिमाल प्रेस १५ असोज २०८१ १८:०९
12
SHARES
बाढीपहिरोमा १७ अर्बबराबरको क्षति

काठमाडौँ- पछिल्लोपटकको अविरल वर्षापछि देशभर बाढीपहिरोले करिब १७ अर्ब रुपैयाँबराबरको क्षति भएको सरकारले प्रारम्भिक अनुमान गरेको छ। मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्य सचिव एकनारायण अर्यालले क्षतिको प्रारम्भिक अनुमानबारे जानकारी दिएका हुन्।

उनका अनुसार दुई दिनको बाढीपहिरोमा परी २२४ जनाको मृत्यु भएको छ भने २४ जना बेपत्ता भएका छन्। यस्तै १५८ जना घाइते भएका छन्।

मुख्य सचिव अर्यालका अनुरार यो बाढीपहिरोले सबैभन्दा धेरै कृषि तथा पशुपक्षीतर्फ क्षति गरेको छ। त्यसपछि ऊर्जातर्फ पनि ठूलो क्षति भएको छ। अर्यालले खानेपानीको संरचनातर्फ ३ अर्ब ५५ करोड र सडक पूर्वाधारतर्फ २ अर्ब ५२ करोड क्षति भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए। त्यस्तै ऊर्जातर्फ ४ अर्ब, सिँचाईतर्फ २ अर्ब र कृषि तथा पशुपक्षीतर्फ ६ अर्बको क्षति भएको छ। क्षतिको यो प्रराम्भिक अनुमान मात्र हो।

प्रकाशित: १५ असोज २०८१ १८:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =