बाढीपहिरोको कारण तीन अर्बको धान र माछा पोखरीमा एक अर्बको क्षति

हिमाल प्रेस १५ असोज २०८१ १७:२९
8
SHARES
बाढीपहिरोको कारण तीन अर्बको धान र माछा पोखरीमा एक अर्बको क्षति बालीले क्षति पुर्‍याएको धान

काठमाडौँ- असोज १० गतदेखि देशका विभिन्न ठाउँमा परेको अविरल वर्षापछिको बाढीपहिरो र डुबानका कारण कृषि क्षेत्रमा अर्बौँको क्षति भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रारम्भिक रिपोर्टअनुसार बाढीपहिरो र डुबानका कारण धानबालीमा मात्रै तीन अर्ब ५० करोड रुपैयाँको क्षति भएको छ।

‘५८ हजार ४७६ हेक्टर धनबाली नष्ट भई तीन अर्ब ५० करोड बराबरको क्षति’ मन्त्रालयले भनेको छ।
मन्त्रालयका अनुसार सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपुर, बागलुङ, खोटाङ, झापा, कैलाली, लम्जुङ, पर्वत, कास्की, स्याङ्जा, सिन्धुली, मकवानपुर, काभ्रेको धानबालीमा क्षति पुगेको हो।

त्यस्तै एक हजार तीनसय हेक्टरमा रहेको अलैँची नष्ट हुँदा ७० करोड रुपैयाँ बराबरको क्षति भएको छ। यो क्षति खोटाङको मात्रै हो। त्यस्तै पर्सामा ८५ हेक्टर क्षेत्रफलमा लगाइएको उखुमा ३४ करोड रुपैयाँको क्षति भएको छ।

धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका ४५८ हेक्टर क्षेत्रफलमा रहेको विभिन्न माछा पोखरीमा एक अर्ब १३ करोडको क्षति भएको छ।

पाँचथर, धनकुटा र तेह्रथुमका २४ वटा पशुगोठमा पनि क्षति भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: १५ असोज २०८१ १७:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − six =