काठमाडौँ- बाढीपहिरोका देशभरका सडक अवरुद्ध भएका छन्। खोटाङस्थित मध्य पहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ। बिहीबार बिहान ६:४० बजे खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१ दौतेखोलामा ढुंगासहितको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
अर्घाखाँचीस्थित सालझण्डी-ढोरपाटन सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। बिहीबार बिहान ७:९ बजे अर्घाखाँचीको पाणिनी गाउँपालिका-२, ढुंग्रेखोला नजिकै सालझण्डी-ढोरपाटन सडकमा लेदोसहितको पहिरोका कारण बाटो पूर्ण रूपमा अवरुद्ध भएको हो।
प्रकाशित: ८ असोज २०८३ ८:१२ | Thursday, September 24, 2026
प्रतिक्रिया


