दैवी प्रकोप उद्धार कोषका लागि वाणिज्य बैँकले प्रधानमन्त्रीलाई दियो २ करोडको चेक

हिमाल प्रेस १५ असोज २०८१ १६:४६
6
SHARES
दैवी प्रकोप उद्धार कोषका लागि वाणिज्य बैँकले प्रधानमन्त्रीलाई दियो २ करोडको चेक केपी ओली

काठमाडौँ– राष्ट्रिय वाणिज्य बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि दुई करोड रुपैयाँको चेक हस्तान्तरण गरेको छ।

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री ओलीलाई बैंक सञ्चालक समितिका अध्यक्ष दिलिपकुमार ढुंगानाले २ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

प्रधानमन्त्री ओलीले बैंकलाई धन्यवाद दिँदै बाढीपहिरो र डुबानले जनता अप्ठ्यारोमा परेका गरेको सहयोग र ऐक्यबद्धताले राहत मिल्ने बताए। बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरिएको बताए।

मन्त्रिपरिषद्को सोमबारको बैठकले उक्त कोषमा प्रारम्भिक रूपमा एक अर्ब रुपैयाँ जम्मा गर्ने निर्णय गरेको थियो।

प्रकाशित: १५ असोज २०८१ १६:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =