तारकेश्वर नगरपालिकाका अमिन घुससहित पक्राउ

हिमाल प्रेस १४ असोज २०८१ १९:३३ | Monday, September 30, 2024
तारकेश्वर नगरपालिकाका अमिन घुससहित पक्राउ

काठमाडौँ- काठमाडौँको तारकेश्वर नगरपालिकाका अमिन ईश्वरचन्द्र चौलागाईं घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले चौलागाईंलाई सोमबार तारकेश्वर नगरपालिका–६ धर्मस्थलीबाट नियन्त्रणमा लिएको हो।

नगरपालिकामा करारमा कार्यरत अमिन चौलागाईं सेवाग्रहीसँग २० हजार र स्रोत नखुलेको ३४ हजार रूपैयाँसहित पक्राउ परेको अख्तियारका प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।

जग्गा कित्ताकाटका लागि सिफारिस गर्ने प्रयोजनका लागि सेवाग्रहीसँग घुस माग गरेको सूचनाका आधारमा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो।

अख्तियारको नियन्त्रणमा रहेका चौलागाईंमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता थपलियाले बताए।

प्रकाशित: १४ असोज २०८१ १९:३३ | Monday, September 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast