एमाले केन्द्रीय कार्यालयको आकस्मिक बैठक

हिमाल प्रेस १३ असोज २०८१ १०:५२ | Sunday, September 29, 2024
एमाले केन्द्रीय कार्यालयको आकस्मिक बैठक

काठमाडौँ- नेकपा एमालेले केन्द्रीय कार्यालयको आकस्मिक बैठक बोलाएको छ।

पार्टी महासचिव शंकर पोखरेलले बैठक बोलाएको बैठकमा पार्टीको विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागका सदस्य पनि सहभागी हुने केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले बताए।

बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा हुने जानकारी उनले दिए। बैठकमा जलजन्य विपद्का कारण देशका केही भागमा उत्पन्न विषम परिस्थितिमा उद्धार तथा राहतका गतिविधिमा पार्टी कार्यकर्ता परिचालन तथा बाढीपहिरो पीडितलाई आर्थिक सहयोग गर्नेलगायत विषयमा छलफल हुने जनाइएको छ।

प्रकाशित: १३ असोज २०८१ १०:५२ | Sunday, September 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast