सभापति शेरबहादुर देउवा। फाइल तस्बिर।
काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्। असोज १३ गते आइतबार दिउँसो २ बजे आफ्नै निवास बूढानीलकण्ठमा बस्ने गरी देउवाले बैठक बोलाएको पार्टीका कार्यवहाक मुख्यसचिव डा.प्रदीप पराजुलीले जानकारी दिए।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि देउवाले निर्देशन पनि दिएका छन्।
प्रकाशित: १० असोज २०८१ १७:१३ | Thursday, September 26, 2024
प्रतिक्रिया



