रवीन्द्र मिश्रले प्रचण्डसँगको भेटको ‘राजनीतिक स्वार्थअनुकूल’ प्रचार गरे : प्रचण्ड सचिवालय

हिमाल प्रेस ९ असोज २०८१ ९:४६ | Wednesday, September 25, 2024
रवीन्द्र मिश्रले प्रचण्डसँगको भेटको ‘राजनीतिक स्वार्थअनुकूल’ प्रचार गरे : प्रचण्ड सचिवालय

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले प्रचण्डसँगको भेटबारे राजनीतिक स्वार्थअनुकूल प्रचार गरेको सचिवालयले जनाएको छ।

मंगलबार बिहान खुमलटारमा भएको भेटमा प्रचण्डको विचार भन्दै आफू अनुकूल सामाजिक सञ्जालमा प्रस्तुत गरेको भन्दै सचिवालयले आपत्ति जनाएको हो।

‘जसले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने बलिदानीपूर्ण आन्दोलनको नेतृत्व गर्नुभयो। शान्ति र संविधान निर्माणको नेतृत्व गर्नुभयो। आज सुशासन, सामाजिक न्याय र समृद्धिको मिसनमार्फत मुलुकलाई समाजवादको अग्रगामी गन्तब्यमा लैजाने अभियानको नेतृत्व गरिरहनु भएको छ,’ सचिवालयले भनेको छ, ‘उहाँका विचार भनेर मिश्रजीले समय सन्दर्भबाट कटाएर आफ्नो राजनैतिक स्वार्थ अनुकूल प्रस्तुत गर्नु राजनैतिक संस्कार होइन।’

पञ्चायतको निरंकुशता र राजतन्त्रात्मक व्यवस्थाभित्र भएको देशको अधोगति र जनताको बर्बादीबारे अझै कोही नेपाली भ्रममा नरहेको प्रचण्डको सचिवालयले बताएको।

भेटपछि मिश्रले सामाजिक सञ्जालमार्फत प्रचण्डले भनेका सात विषय भन्दै उद्योगधन्दाको सबै विवरण हेर्दा पञ्चायतकालमा धेरै राम्रो काम भएको र राजा महेन्द्र ‘भिजनरी’ रहेको बताएका मिश्रले उल्लेख गरेका थिए।

प्रकाशित: ९ असोज २०८१ ९:४६ | Wednesday, September 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast