रवि लामिछानेले भने : षडयन्त्र गर्न होइन, मसँग चुनाव लड्न आउनू

हिमाल प्रेस ६ असोज २०८१ २२:२५
10
SHARES
रवि लामिछानेले भने : षडयन्त्र गर्न होइन, मसँग चुनाव लड्न आउनू रवि लामिछाने

काठमाडौँ – सहकारीका बचतकर्ताको रकम अपचलन गरेको आरोप लागेका रास्वपाका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेले आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको बताएका छन्।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएलगत्तै लाछिानेलाई पक्राउ गर्न लागिएको खबर बाहिरिएको हो। पक्राउ गर्न लागेको खबर बाहिरिएसँगे लामिछानेले कानुनी परामर्श पनि लिएका छन्।
केहीबेरअघि पार्टी कार्यालय बनस्थलीबाट उनले कसैको राजनीति जोगाउन आफूलाई बली चढाउन लागिएको अभिव्यक्ति दिए।

‘कसैको राजनीति जोगाउनका निम्ति मलाई बलि चढाउन नखोज्नुस्। आँट भए आऊ,’ उनले भने, ‘मलाई षड्यन्त्र गरेर होइन। चुनाव लडेर जित्नुस्। यस्तो षड्यन्त्र गरेर होइन।’

उनले आफूले गलत नगरेको दाबी पनि गरे। ‘गल्ती गर्ने भागेर बसेका छन्, म त यहाँ शीर ठाडो गरेर बसिरहेको छु। मैले सरकारलाई स्पष्ट भनेको छु,’ उनले थपे, ‘मलाई तपाईंको अनुकम्पा चाहिँदैन। तपाईंहरुको दया चाहिँदैन। मैले कहाँ जानुपर्ने हो अनुसन्धानका लागि जानुपर्ने म तयार छु।’

आइतबार अबेर राति वनस्थलीस्थित पार्टी कार्यालयमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै लामिछानेले यस्तो बताएका हुन्।
सहकारी प्रकरणमा आफू निर्दोष रहेको दाबी गर्दै आफूलाई पक्राउ गर्ने तयारी भएको भनेर सरकारले मिडिया ट्रायल गरिरहेको उल्लेख गरे।

‘रवि लामिछाने लुकेर बस्यो भनेको छ, डराएर भाग्यो भनेको छ, म यहीँ छु, तपाईँहरुको सामुन्ने छु,’ लामिछानेले भने, ‘म दोषी छैन भनेर छानबिन समितिको प्रतिवेदनले भनिसकेको छ, किन डराउने, किन भाग्ने। महाभारतको अभियन्युजस्तो फसाउन खोजिएको छ, म फस्नेवाला छैन।’

सहकारी ठगी प्रकरणमा आफ्नो संलग्नता जोडेर सरकारले षडयन्त्र गरिरहेको उनले बताए। लामिछानेले भने, ‘सहकारीको ८७ अर्ब रुपैयाँ ठगी भएको छ। तर, सरकारको ध्यान रवि लामिछानेतिर मात्रै किन? सरकारले रवि लामिछानेलाई सिध्याउन खोजेको छ, रास्वपालाई सिध्याउन खोजेको छ।’

उनले सञ्चारमाध्यमको ध्यान सहकारीपीडिततर्फ केन्द्रित हुनुपर्नेमा आफ्नोतिरमात्र केन्द्रित भएकोमा आपत्ति जनाए। लामिछानेले भने, ‘सञ्चारमाध्यमको ध्यान सहकारीपीडितका रकम फिर्तातर्फ हुनुपर्छ। तर, मतिर मात्रै केन्द्रित छ।’

सभापति लामिछानेले यो सरकारले जे पनि गर्न सक्ने भन्दै भर नपर्न पार्टीका नेता कार्यकर्ताहरुलाई भने। लामिछाने कार्यरत गोर्खा मिडियाका पूर्वसञ्चालक एर्व पूर्वडिआइजी छविलाल जोशी बन्जारे पक्राउ परेपछि प्रहरीले उनलाई पनि निगरानीमा राखेको छ।

रास्वपाले चीन गएका आफ्ना नेतालाई फिर्ता बोलायो

रवि लामिछानेलाई पक्राउ गर्ने तयारी

सहकारी ठगी प्रकरण : पूर्वडीआईजी छविलाल जोशी पक्राउ

संसदीय समितिको सिफारिस कार्यान्वयन गर्न प्रहरीलाई गृह निर्देशन

प्रकाशित: ६ असोज २०८१ २२:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =