सहकारी बचतकर्ताको एक अर्ब ठगेर फरार मेयर भन्छन् : ज्यान जोखिममा भएकोले भागेँ

हिमाल प्रेस ४ असोज २०८१ १६:१५
सहकारी बचतकर्ताको एक अर्ब ठगेर फरार मेयर भन्छन् : ज्यान जोखिममा भएकोले भागेँ

काठमाडौँ– बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली सहकारी ठगीमा उजुरी परेपछि फरार भए रहे पनि संसदीय विशेष छानबिन समितिलाई भने बयान दिएका छन्।

इमेज ऋण तथा बचत सहकारीका अध्यक्ष रहेका नेपालीले आफैँ बचतकर्ताको एक अर्ब ८० करोड रुपैयाँ फिर्ता गर्न बाँकी भएको बताएका छन्।

बचतकर्ताको रकम हिनामिना गरेका उनी बचतकर्ताले रकम फिर्ता माग्न थालेपछि फरार भएका थिए। तर, फरार अवस्थामै सहकारी छानबिन संसदीय समितिलाई बयान दिएका उनले बचतकर्ताबाट ज्यानको असुरक्षा भएकाले बाध्य भएर भागेको बताएका छन् ।

उनी एमालेबाट उम्मेदवार बनेर मेयर पदमा निर्वाचित भएका थिए।

सहकारी विशेष छानबिन समितिका संयोजक सूर्य थापासँगको सम्पर्कमा नेपालीले हुलाकमार्फत बयान पठाएको बताइएको छ। संयोजक थापा पनि एमालेकै सांसद हुन्।
समितिसँगको बयानमा उनले निजी सम्पत्ति बेचेर भए पनि बचतकर्ताको रकम तिर्ने बताएका छन्।

समितिले नेपालीसहित २९ जना सहकारीका बचतकर्ताको रकम ठगेर फरार रहेको पनि बताएको छ।

सहकारीको रकम ठगेर फरार रहेका यी हुन् २९ जना

प्रकाशित: ४ असोज २०८१ १६:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 8 =