काठमाडौँ- समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका थप ५६ जना बचतकर्तालाई बचत रकम फिर्ता गरेको छ।
समितिका अनुसार हालसम्म करिब एक हजार ४ सय बचतकर्ताले आफ्नो बचत फिर्ता पाइसकेका छन्। पहिलो चरणमा न्यून रकम बचत गरेका बचतकर्तालाई प्राथमिकतामा राखेर रकम वितरण गरिएको समितिले जनाएको छ।
बाँकी बचतकर्तालाई पनि बचत रकमको आधारमा वर्गीकरण गर्दै चरणबद्ध रूपमा रकम फिर्ता गरिने समितिको भनाइ छ।
सरकारले समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमकै आधारमा पीडित बचतकर्तालाई बचत फिर्ता गर्ने कार्य भइरहेको बताएको छ।
समितिले प्रचलित कानुनी व्यवस्थाअनुसार समस्याग्रस्त सहकारीबाट असुल भएको रकम सम्बन्धित सहकारीका बचतकर्तालाई निरन्तर फिर्ता गर्ने प्रक्रिया जारी रहेको जनाएको छ।


