शिक्षामन्त्री भट्टराई भन्छिन् : शिक्षक दरबन्दी मिलान गर्न कार्यदल बनाउँछौं

हिमाल प्रेस ४ असोज २०८१ ८:५५ | Friday, September 20, 2024
शिक्षामन्त्री भट्टराई भन्छिन् : शिक्षक दरबन्दी मिलान गर्न कार्यदल बनाउँछौं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई। फाइल तस्बिर।

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षक दरबन्दी मिलान गर्न कार्यदल बनाउने बताएकी छन्।

शिक्षा पत्रकार समाजको चौथो बार्षिकोत्सव कार्यक्रममा बोल्दै भट्टराईले सामुदायिक विद्यालयको दरबन्दीको मिलान गर्न अध्यावधिक विवरणसहित सुझाव दिन कार्यदल गठन गर्न लागेको बताएकी हुन्।

कार्यक्रममा उनले भनिन्, ‘विद्यालयमा कति शिक्षक छन्, कति आवश्यक छ भन्ने अहिलेको अध्यावधिक विवरण आवश्यक भएकाले कार्यदल गठन गर्न लागेका हौँ।’

कार्यक्रममा भट्टराईले कर्मचारीले सहयोग नगर्दासम्म चाहेर पनि काम गर्न नसकिने बताइन्। उनले भनिन्,‘ब्यूरोक्रेसीले नसघाएसम्म चाहेर पनि केही गर्न सकिँदैन। शिक्षा मन्त्रालयमा केही समस्या छन्। सुधार गर्नु जरुरी छ।’

साथै मन्त्री भट्टराईले विद्यालय शिक्षा विधेयक–२०८० जारी गर्न आफूले पहल गरिरहेको पनि बताइन्।

प्रकाशित: ४ असोज २०८१ ८:५५ | Friday, September 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast