गगनलाई धन्यवाद दिँदै देउवाले भने : रवि लामिछाने त चलाख रहेछन्, म त छक्क परेँ

हिमाल प्रेस २ असोज २०८१ १७:५४ | Wednesday, September 18, 2024
गगनलाई धन्यवाद दिँदै देउवाले भने : रवि लामिछाने त चलाख रहेछन्, म त छक्क परेँ सभापति शेरबहादुर देउवा। फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका सांसद रवि लामिछानेले सहकारी ठगी गर्लान भनेर आफूले पत्याउनै नसकेको तर अहिले पुष्टि भएको बताएका छन्।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा एक महिने विशेष अभियानको सुरुवात गर्दै देउवाले पार्टीले संसद्‌मा लामिछानेका विषयमा उठाएका प्रश्नहरू प्रमाणित भएको बताएका हुन्।

संसदीय छानबिन विशेष समिति गठन गर्दाताका लामिछानेले सहकारी रकम ठगी गरेको भन्नेबारे आफूलाई विश्वास नलागे पनि अहिले प्रमाािणत भएको उनको भनाइ छ। संसदीय छानबिन समिति बनाउन जोड दिने पार्टी महामन्त्री गगनकुमार थापालाई देउवाले धन्यवाद दिए।

‘सहकारीसम्बन्धी कुरा हाम्रो महामन्त्री गगनकुमार थापाले धेरै अध्ययन गरेर भन्नुभएको छ । उहाँलाई धन्यवाद दिन चाहन्छु, मैले वास्तवमा पत्याएकै थिइनँ, यस्तो छ भनेर,’ देउवाले गगनलाई धन्यवाद दिँदै भने, ‘रवि लामिछानेजी त कस्तो मान्छे हुनुहुँदो रहेछ भने चलाख मान्छे । म त छक्कै परेँ कुरा सुनेर । तपाईंले जित्दिनुभयो, त्यसकारण धन्यवाद तपाईंलाई।’

प्रकाशित: २ असोज २०८१ १७:५४ | Wednesday, September 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast