दाङमा घर बनाउने क्रममा करेन्ट लाग्दा मृत्यु

हिमाल प्रेस २ असोज २०८१ ६:४९
4
SHARES
दाङमा घर बनाउने क्रममा करेन्ट लाग्दा मृत्यु प्रतीकात्मक तस्बिर।

दाङ- दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। लमही नगरपालिका ९ अमिलिया निवासी अन्दाजी ५० वर्षीय सुवास बुढामगरको मंगलबार करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

घर बनाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका बुढामगरको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रामप्रसाद तिमिल्सिनाले जानकारी दिए।

बुढामगरको शव अहिले पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ। रासस

प्रकाशित: २ असोज २०८१ ६:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 20 =