संसद्‌मा सांसदहरूले भने : महत्त्वपूर्ण चाडबाड आइसक्यो, जीर्ण सडक कहिले बनाउने?

हिमाल प्रेस २६ भदौ २०८१ १५:२२ | Wednesday, September 11, 2024
संसद्‌मा सांसदहरूले भने : महत्त्वपूर्ण चाडबाड आइसक्यो, जीर्ण सडक कहिले बनाउने?

काठमाडौँ- प्रतिनिधिसभाका सांसद्हरूले जीर्ण सडक मर्मत गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

सांसद अमृतलाल राजवंशीले झापा जिल्लाको मध्य भागमा पर्ने कनकाई माई नदीको हुलाकी राजमार्गमा पर्ने करिब सात सय २० मिटर लामो मुख्य पुल निर्माण कार्यमा ढिलाइ भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले भने, ‘त्यहाँ बसोबास गर्ने झापाली जनताको एक मात्रै विकल्पका रुपमा रहेको सो पुल विगत १२ वर्षदेखि निर्माणाधीन अवस्थामा छ, त्यो पुल हाल जीर्ण छ, सरकार र निर्माण कम्पनी बीचको समस्या समाधान गरेर पुलको बाँकी काम तत्काल अघि बढाउन सरकारसँग माग गर्दछु।’

सांसद अर्जुननरसिंह केसीले मंगलबारदेखि कोशी प्रदेशका पूर्वमुख्यमन्त्री अनशनमा रहेको उल्लेख गर्दै उनीमाथि भएको प्रहरी हस्तक्षेप बन्द गरी सरकारले सहमतिबाट समस्याको समाधान गर्नुपर्ने बताए।

सांसद ईश्वरबहादुर रिजालले नारायणघाटदेखि बुटवलसम्मको सडक निर्माणमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराए।

सांसद उर्मिला माझीले दसैँ, तिहार, छठलगायतका चाडपर्वहरू नजिकिँदै गर्दा देशका विभिन्न ठाउँका सडक जीर्ण अवस्थामा रहेको भन्दै जतिसक्दो चाँडो निर्माणका लागि ध्यानाकर्षण गराइन्।

प्रकाशित: २६ भदौ २०८१ १५:२२ | Wednesday, September 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast