कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर
काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य आङ्गेलु शेर्पा प्रमुख रहेको पर्यटन विभागको सदस्यमा १० जनालाई मनोनयन गरेका छन्।
मनोनीत सदस्यहरूमा खुम सुवेदी, बीरबहादुर महरा, दिपेन्द्र पाण्डे ‘कपिल’, लक्की कार्की क्षेत्री, छिरिङ डोल्मा शेर्पा, दिनेश मगर, यज्ञमूर्ति आचार्य, रामप्रसाद पञ्जियार, ईश्वर लामिछाने र जंगबहादुर लामा रहेका छन्।
कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सदस्य मनोनीत गरेको जानकारी दिए।
प्रकाशित: २५ भदौ २०८१ १७:२९ | Tuesday, September 10, 2024
प्रतिक्रिया



