चट्याङ लागेर १५ भेडा मरे

हिमाल प्रेस १६ भदौ २०८१ ६:२६
6
SHARES
चट्याङ लागेर १५ भेडा मरे

जुम्ला- जुम्लाको लामाचौर पाटनमा चट्याङ लागेर १५ भेडा मरेका छन्। तातोपानी गाउँपालिका–४, लामाचौर पाटनमा शनिबार दिउँसो ३ बजेतिर चट्याङ पर्दा १५ भेडा मरेका वडाध्यक्ष अमरबहादुर रोकायाले जानकारी दिए। घटनाको थप विवरण आउन बाँकी रहेको उनले बताए।

गएको साउन १५ गते तिला गाउँपालिकाको देउली पाटनमा चट्याङ पर्दा करिब १०० भेडा मरेका थिए। यसअघि, जुम्लाको कनकासुन्दरी, तिला र गुठीचौरका पाटनमा पनि चट्याङ लागेर २०० भन्दा बढी भेडा मरेको पशुसेवा कार्यालय जुम्लाले जनाएको छ। रासस

प्रकाशित: १६ भदौ २०८१ ६:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast