शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

हिमाल प्रेस २८ चैत २०८२ २१:०६ | Saturday, April 11, 2026
शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला– जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ। शैक्षिकसत्र सुरु नहुँदै पाठ्यपुस्तक आइपुगेको सदरमुकाम खलङ्गा बजारस्थित सन्ध्या स्टेशनरीका सञ्चालक सुमन खड्काले जानकारी दिए।

विद्यालय सञ्चालनमा आएलगत्तै सबै स्थानीय तहका विद्यालयमा समयमै पाठ्यपुस्तक पुग्ने गरी शिक्षा शाखालाई निर्देशन दिइसकेको तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिए।

विद्यालय सञ्चालन हुनु पहिले प्रत्येक विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्ने सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालको भनाइ छ।

जिल्लाका अरु स्थानीय तहले विद्यालयमा पाठ्यपुस्तक लैजाने तयारी गरिरहेको गाउँपालिकाका शिक्षा शाखाहरुले जनाएका छन्।

प्रकाशित: २८ चैत २०८२ २१:०६ | Saturday, April 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast