सिन्का बेचेर जीवन निर्वाह गर्दै ७९ वर्षीय धनबहादुर

हिमाल प्रेस १५ भदौ २०८१ १५:११ | Saturday, August 31, 2024
सिन्का बेचेर जीवन निर्वाह गर्दै ७९ वर्षीय धनबहादुर

भाेजपुर –  इच्छाशक्ति भएमा उमेरले नछेक्ने उदाहरण बनेका छन् – भोजपुर नगरपालिका–११ आम्तेकका धनबहादुर राई। उमेरले ७९ वर्ष पुगेका राई बाँसको सिन्का बनाएर भोजपुर बजारसम्म बिक्रीका लागि ल्याउने गर्छन्।

धनबहादुरमात्र होइन, उनका दाजु रणबहादुरले पनि पहिला बाँसबाट सिन्का बनाएर बिक्री गर्दै आइरहेका थिए। धनबहादुर भन्छन्, ‘विगतमा रु. १० देखि २० मुठाका दरले सिन्का बेच्ने गरेको थिएँ, अहिले भने रु. एक सय २० सम्ममा बिक्री गर्दै आइरहेको छु।’ सिन्का बनाउन धेरै समय र मेहनत लाग्ने गरेको उनले बताए। उनले भने,’असी वर्ष पुग्न लाग्दा पनि पुरानो पेशा गरिरहेको छु, बजारमा ल्याएको सिन्का सबैले किन्ने गरेका छन्। धैरेले त तराईतिर लान पनि ल्याइदिनु है बाजे पनि भन्छन्।’

आफ्नै घर नजिकै बाँसको झ्याङ रहेको र अन्यकोबाट किन्नु नपर्ने भएकाले पनि आफूहरू सानैदेखि नै यो पेशामा लागेको धनबहादुर सुनाउँछन्। उनी भन्छन्, ‘अहिले त खाली युवाहरु विदेश जान तम्सिन्छन् तर, जोशजाँगर भए त गाउँघरमै पनि त्यत्तिकै त बस्नु पर्दैन।’

घरबाट १६ मुठा सिन्का लिएर बिक्रीका लागि सदरमुकाम आएका उनले केही समयमा नै ती सिन्का बिक्री गरिसकेको बताए। उनले ती सिन्का बिक्रीबाट रु. एक हजार पाँच सयमाथि कमाएको बताए। सिन्का बिक्रीबाट राईले घरका लागि नुन, तेल किन्न सहजता भएको बताए। यस्तो काममा अहिलेका युवाले चासो नदेखाउँदा अबका दिनमा सिन्का पाउन मुस्किल हुने उनको भनाइ छ।

उनी भन्छन्, ‘अहिलेसम्म त भनेकाहरूलाई मैले सिन्का ल्याइदिएको छु, अब मैले छाडेपछि समस्या हुन्छ, त्यसपछि धार्मिक कार्यमा प्रयोग हुने दुनाटपरी कसरी बनाउने।’

प्रकाशित: १५ भदौ २०८१ १५:११ | Saturday, August 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast