गुडिरहेको एम्बुलेन्समा एक्कासि आगलागी

हिमाल प्रेस १५ भदौ २०८१ ११:४४ | Saturday, August 31, 2024
गुडिरहेको एम्बुलेन्समा एक्कासि आगलागी

पोखरा- स्याङ्जाको पुतलीबजार १, करेनडाँडामा गएराति एम्बुलेन्समा आगलागी भएको छ।

सिद्धार्थ राजमार्गअन्तर्गत बिरामी बोकेर वालिङबाट पोखरातर्फ आउँदै गरेको गह्रौ प्राथमिक अस्पताल वालिङको ग १ झ २७८ नम्बरको एम्बुलेन्समा गएराति १० बजे एक्कासि आगलागी भएको हो।
आगलागीबाट मानवीय क्षति टरेको भए पनि एम्बुलेन्स जलेर पूरै ध्वस्त भएको छ। आगो लागेको खबरपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले राति सवा ११ बजे आगो नियन्त्रणमा लिएको प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए।

एम्बुलेन्सको तार सर्ट भई आगलागी भएको बताइएको छ । सोको अनुसन्धान भइरहेको प्रहरीले जनायो ।

प्रकाशित: १५ भदौ २०८१ ११:४४ | Saturday, August 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast