सेफ्टी ट्यांकीमा बेहोस भेटिएका तीनै जनाको मृत्यु

हिमाल प्रेस १४ भदौ २०८१ १७:३१ | Friday, August 30, 2024
सेफ्टी ट्यांकीमा बेहोस भेटिएका तीनै जनाको मृत्यु

मध्यविन्दु(नवलपरासी)- नवलपरासीपूर्व विनयत्रिवेणी गाउँपालिका-७ स्थित सेफ्टी ट्याङ्कीमा बेहोस भेटिएका तीन जनाको मृत्यु भएको छ।

स्थानीय रानीनगरका भोलासिंह क्षेत्रीको निर्माणाधीन घरको सेफ्टी ट्याङ्कीभित्र काम गर्नेक्रममा बेहोस भेटिएका तीनै जनाको उपचारका क्रममा मृत्यु भएको नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए।

उनका अनुसार घरधनी भोला सिंहका छोरा ३८ वर्षीय प्रकाशसिंह क्षेत्री, सोही ठाउँका १८ वर्षीय गणेश बोगटी र मोहम्मद राजाको मृत्यु भएको हो। घटनाका विषयमा अनुसन्धान भइरहेको जनाइएको छ।

प्रकाशित: १४ भदौ २०८१ १७:३१ | Friday, August 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast