भारतमा बाढीका कारण १५ को मृत्यु

हिमाल प्रेस १२ भदौ २०८१ १९:३२ | Wednesday, August 28, 2024
भारतमा बाढीका कारण १५ को मृत्यु

काठमाडौँ– भारतमा मुसलधारे वर्षाका कारण आएको भीषण बाढीमा कम्तीमा १५ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

रिपोर्टअनुसार तटीय पश्चिमी राज्य गुजरातमा नदीले किनारा भत्काउँदा २३ हजारभन्दा बढी मानिसलाई उनीहरूको घरबाट विस्थापित गरिएको छ।

बिजनेस स्ट्यान्डर्ड पत्रिकाले सोमबारदेखि राज्यका आठ जिल्लामा १५ जनाको मृत्यु भएको बताएको छ। मुख्यमन्त्री भूपेन्द्र पटेलले सामाजिक सञ्जाल पोस्टमा मछुवाहरूलाई समुद्रमा यात्रा नगर्न सल्लाह दिएका छन्।

मनसुनी वर्षाले हरेक वर्ष व्यापक विनाश निम्त्याउँछ। जलवायु परिवर्तनले मौसमको ढाँचालाई बदलिरहेको र मौसमी घटनाहरूको संख्या बढिरहेको विज्ञहरूले बताएका छन्।

उत्तरपूर्वी राज्य त्रिपुरामा गत हप्ता बाढी र पहिरोमा परी २० जनाभन्दा बढीको मृत्यु भएको थियो।

बंगलादेशमा भारी बाढीले कम्तीमा ४० जनाको मृत्यु भएको र करिब तीन लाख बासिन्दा आपत्कालीन आश्रयहरूमा शरण लिएका थिए।

प्रकाशित: १२ भदौ २०८१ १९:३२ | Wednesday, August 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast