तीजका अवसरमा विराटनगरमा ‘नारी उत्सव २०८१’ हुने

हिमाल प्रेस १० भदौ २०८१ २०:३७
14
SHARES
तीजका अवसरमा विराटनगरमा ‘नारी उत्सव २०८१’ हुने फाइल तस्बिर

विराटनगर– मोरङ उद्योग व्यापार संघको महिला उद्यमी समितिले हरितालिका तीजको उपलक्ष्यमा विराटनगरमा ‘नारी उत्सव २०८१’ प्रदर्शनी आयोजना गर्ने भएको छ।

भदौ १४ देखि १६ गतेसम्म आयोजना हुने प्रदर्शनीमा स्थानीय उत्पादनलाई बजारीकरणमा मद्दत पुर्‍याउने उद्देश्य राखिएको समितिले जनाएको छ। यसबाट बजार प्रवर्द्धनमा, निर्यातयोग्य वस्तुहरूको पहिचान गरी अवसर सिर्जना, उत्पादनकर्ता र उपभोक्ताबीचको सम्बन्ध विस्तार तथा आर्थिक विकासमा योगदान पुग्ने विश्वास गरिएको छ। उत्सवले उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलगायत विभिन्न क्षेत्रमा संलग्न महिला उद्यमीलाई प्रोत्साहन गर्ने आयोजना गरिने समितिका संयोजक श्रुति शर्माले बइन्।

बिहान १० बजेदेखि बेलुकी ८ बजेसम्म विराटनगरको सिटी पार्टी प्यालेसमा आयोजना गरिने उत्सवमा निःशुल्क प्रवेशको व्यवस्था रहने छ। उत्पादन प्रदर्शनीका लागि वातानुकूलीत (एसी) र ‘नन एसी’ गरी करिब ६० वटा स्टल रहने र १८ वर्षमाथिका महिलाका लागि ‘तीज क्वीन २०८१ प्रतियोगिता’ आयोजना गरिने, प्रत्येक दिन बेलुका विभिन्न स्थानीय कलाकारबाट साङ्गीतिक कार्यक्रम आयोजना गरिने समितिका संयोजक शर्माले जानकारी दिइन्।

भोलि राधाकृष्णको रथयात्रा

विराटनगरमा भोलि राधाकृष्णको रथयात्रा निकालिने भएको छ। यात्रामा सम्भावित आपराधिक गतिविधिलाई सिसी क्यामराबाट निगरानी गरिने नगरप्रहरीले जनाएको छ। राधाकृष्ण मन्दिरदेखि रोडशेष चोकसम्म जडान गरिएका सिसी क्यामराबाट सुक्ष्म रूपमा निगरानी गरिने नगरप्रहरी प्रमुख राजन पौडेलले जानकारी दिए।

नेपाल प्रहरी र सशस्त्र प्रहरीसित समन्वयमा रथयात्राको भीडमा हुनसक्ने चोरी, पकेटमार, महिलामाथि हुने दुर्व्यवहारलगायत गतिविधि निगरानी गरिने र कैफियत देखिए तत्काल नियन्त्रणमा लिइने उनले बताए।

महानगरले रथयात्रा निकालिने राधाकृष्ण मन्दिरदेखि रोडशेष चोकसम्म ३७ वटा सिसी क्यामरा यसअघि नै जडान गरिसकेको छ।

रथयात्रामा करिब पाँच लाख भक्त्तजन सहभागी हुने आयोजकले अनुमान गरेको छ। यहाँ हरेक वर्ष कृष्णजन्माष्टीको भोलिपल्ट रथयात्रा निकाल्ने गरिएको छ। प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले रथयात्राको सुरक्षाका लागि सुरक्षा समितिले नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित ड्रोनबाट पनि सुरक्षाको प्रबन्ध मिलाइएको जानकारी दिए।

प्रकाशित: १० भदौ २०८१ २०:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast