आज यी नदीमा बढ्नेछ बहाव

हिमाल प्रेस १० भदौ २०८१ ९:२१ | Monday, August 26, 2024
आज यी नदीमा बढ्नेछ बहाव

काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ।

आज बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरू साथै कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई को बहाव सतर्कता तह भन्दा तलै र सामान्य बढ्ने अवस्थामा रहेको विभाग बाढी पूर्वानुमान महाशाखाको भनाइ छ।

आज संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक र आसपास भई बहने केही स साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने तथा केहीमा आकस्मिक बहावको जोखिमको पूर्वानुमान छ।

साथै, रसुवा, काभ्रेपलान्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, पर्सा, चितवन, रुकुम पश्चिम, जाजरकोट, दैलेख, कालिकोट, अछाम, बैतडी, दार्चुला, डडेलधुरा, डोटी र आसपासका जिल्ला भई बहने केही स-साना नदीहरूमा बहाव बढ्ने पूर्वानुमान छ।

प्रकाशित: १० भदौ २०८१ ९:२१ | Monday, August 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast