दुर्घटनाग्रस्त सवारी निकाल्न आँबुखैरेनी-मुग्लिन सडकखण्ड साढे ३ घण्टा बन्द

हिमाल प्रेस १० भदौ २०८१ ७:१० | Monday, August 26, 2024
दुर्घटनाग्रस्त सवारी निकाल्न आँबुखैरेनी-मुग्लिन सडकखण्ड साढे ३ घण्टा बन्द

काठमाडौँ- पृथ्वी राजगार्ग अन्तर्गतको आँबुखैरेनी-मुग्लिन सडकखण्ड साढे ३ घण्टाका लागि बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय तनहुँले आइतबार सार्वजनिक सूचना जारी गर्दै आज बिहान साढे ६ बजेदेखि १० बजेसम्म उक्त खण्डमा सवारी आवागमन बन्द गरिएको जनाएको छ।

शुक्रबार ऐनापहरा नजिकै दुर्घटनामा परेको भारतीय बस निकाल्नका लागि सवारी आवागमन बन्द गर्न लागिएको प्रशासकीय अधिकृत मैताबहादुर गुरुङले जानकारी दिए। दुर्घटनाग्रस्त बस निकाल्न ठूला मेसिनरी उपकरण प्रयोग गर्नुपर्ने भएकाले सवारी पूर्ण रूपमा बन्द गरिएको उनको भनाइ छ।

बस दुर्घटनामा परी २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए।

प्रकाशित: १० भदौ २०८१ ७:१० | Monday, August 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast