दोरम्बा पहिरो अपडेट : छ जनाको मृत्यु, चार बेपत्ता

हिमाल प्रेस ९ भदौ २०८१ ११:०८ | Sunday, August 25, 2024
दोरम्बा पहिरो अपडेट : छ जनाको मृत्यु, चार बेपत्ता

रामेछाप- दोरम्बा शैलुङ गाउँपालिका–३ मा गएराति पहिरोले तीन घर पुरिँदा छ जनाको मृत्यु भएको छभने अन्य चार जना हराइरहेका छन् । एक जनाको अवस्था गम्भीर छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त पालिकाको वडा नं ३ मा खसेको पहिरोमा परी ३० वर्षीया चण्डीका श्रेष्ठ र निजका १८ महिनाका छोरा आयुष, ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षका सन्दिप पहरी, ११ वर्षका सन्तोष पहरी र १४ वर्षका विज्ञान पहरीको मृत्यु भएको हो। एघार वर्षीया अञ्जना श्रेष्ठ घाइते भएकी छन्। उनको कम्मरभन्दा मुनिको भाग चलेको छैन।

सो गाउँपालिकाकी उपाध्यक्ष खमला थापामगरले दिएको जानकारीअनुसार गएराति पहिरो खसेको हो। घटनाबारे जानकारी पाउनासाथ स्थानीय, प्रहरी र नेपाली सेनाका जवान उद्धार र खोजीमा जुटेका जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए।

पहिरोले वडा नं २ र ३ को सिमाना भएर बग्ने अँधेरी खोलको पक्की पुल पनि बगाएको छ।

रामेछापमा पहिरोमा परेर २ को मृत्यु, ५ बेपत्ता

प्रकाशित: ९ भदौ २०८१ ११:०८ | Sunday, August 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast